बलिउडका चुस्त–तन्दुरुस्त अभिनेत्री

- November 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जाह्नवी कपुर

आफूलाई फिट राख्न अभिनेत्री जाह्नवी कपुर जिम जाने गर्छिन्। उनी पुस अप, वेट लिफ्टिङलगायत एक्सरसाइज गर्छिन्। सातामा चार दिन कार्डियो र वेट लिफ्टिङमा ध्यान दिन्छिन्। जिम नगएको दिन घरमै स्किपिङ गर्छिन्। योग पनि गर्छिन्। दिनभरिमा १० गिलास पानी खान्छिन्। एक अन्तर्वार्तामा उनले जंकफुडबाट आफू टाढा रहने बताएकी थिइन्। बिहानको खाजामा ब्राउन ब्रेड, ओट्स, अण्डा, पनिरलगायत खान्छिन्। दिन र राताको खानामा सलाद, उसिनेको तरकारी, भेजिटेबल सुप, दाल, ब्राउन राइस आदि खाने गर्छिन्।

सारा अली खान

बलिउडमा आउनुअघि अभिनेत्री सारा अली खानको वजन ९६ किलो थियो। अहिले उनी बलिउडका फिट अभिनेत्रीमा गनिन्छिन्। वजन घटाउन आफूले दूध, चिनीलगायत छोडेको उनले एक अन्तर्वार्तामा बताएकी थिइन्। उनी खानपानमा सचेत छिन्। उनको दिनको सुरुवात मनतातो पानीबाट हुन्छ। बिहानको खाजा, दिनको खाना र रातिको खाना गरी तीन पटक अण्डा र कुखुराको मासु अवश्य खान्छिन्। व्यायाम गरेपछि अण्डाको पहेँलो भाग, प्रोटिनयुक्त भोजन वा कफी खान मन पराउँछिन्। उनी कार्डियो गर्छिन्।

आलिया भट्ट

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री आलिया भट्टले पनि वजन घटाएकी हुन्। उनी नियमित व्यायाम गर्छिन्। बिहान उठेपछि पाँच मिनेट ट्रेडमिलमा हिँड्छिन्। त्यसपछि १० मिनेट दौडिन्छिन्। सातामा तीन पटक कार्डियो गर्छिन्। उनलाई कथक र ब्याले डान्स मन पर्छ। यिनलाई पनि उनले आफ्नो फिटनेस रुटिनमा राखेकी छिन्। यसबाहेक किक बक्सिङ, स्विमिङ, योग  गर्छिन्। कम कार्बोहाइड्रेट र धेरै प्रोटिन भएको खाना खाने गर्छिन्। बिहान खाजामा स्यान्डविचसँग अम्लेट वा अण्डाको सेतो भाग खान्छिन्। त्यसको दुई घण्टापछि बिनाचिनीको कालो कफी वा चिया खान्छिन्। दिनको खानाअघि एउटा फल र जुस खान्छिन्। दिनको खानामा उसिनेको तरकारी र दहीसँग रोटी खाने गर्छिन्। रातिको खानामा तरकारी, रोस्टेड चिकेन, माछा, दाल र भात खान्छिन्।

दिशा पटानी

बलिउडका फिट अभिनेत्रीमा पर्छिन्, दिशा पटानी। उनले आफ्नो गठिलो शरीर देखिने गरी फोटो बेला–बेलामा इन्स्टाग्राममा राख्ने गरेकी छिन्। शरीर तन्दुरुस्त बनाउन उनले हरेक बिहान कार्डियोसँगै डान्स, किक बक्सिङ आदि गर्ने गर्छिन्। उनी बेलुका पनि एक्सरसाइज गर्छिन्। बिहान अभ्यास गर्नुअघि उनी केही खाँदिनन्। तर, व्यायाम गरेपछि कुखुराको मासु, अण्डा वा पनिर खाने गर्छिन्।

कियारा आडवाणी

फिल्म ‘कबिर सिंह’की अभिनेत्री कियारा आडवाणी दिनको सुरुवात तातो पानी खाएर गर्छिन्। बिहानको खाजामा ओट्स, फलफूललगायत खान्छिन्। दिनको खाना प्रायः घरमै खान रुचाउँछिन्। रोटी, तरकारी, सलाद खाने गरेकी छिन्। रातिको खाना पनि दिनको जस्तै हुन्छ। फिट रहन उनी जिम जाने गर्छिन्। जिम जान नसकेको दिन घरमै अभ्यास गर्छिन्। घरमा डान्स गर्छिन्। जिममा कार्डियो, पुस अपलगायत गर्छिन्।अन्न्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!