बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

- November 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन्। उनको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन्। उनीहरू कात्तिक २१ गतेबाट वीरगन्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन्।

नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गरेका थिए। उनले पत्रकार सम्मेलनमा टुक्रे नेपालीमा प्रश्नोत्तर गरे। गोविन्दाले नेपाली मूलकी युवतीसँग विवाह गरेका हुन्। गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए। नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यसअघि पनि थुप्रै पटक नेपाल आइसकेका छन्। नेपाली मूलकी युवतीसँग कसरी विवाह भयो भन्ने जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए।

वीरगन्जमा हुने स्वर्णिम महोत्सव कात्तिक २३ गतेसम्म चल्नेछ। महोत्सव प्रवेशका लागि एक सय रुपैयाँको टिकट राखिने आयोजकले जनाएको छ। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!