रिचार्जरको बिग सेलमा २२ हजार अडर

- January 21, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । जनवरी २० सोमबारका दिन मोबाइल एप रिचार्जरमा सञ्चालित बिगसेल २०२० सफल भएको रिचार्जरले जनाएको छ । पहिलो पटक रिचार्जरले सञ्चालन गरेको बिगसेलका अफरलाई जनवरी महिनाभरी निरन्तरता दिइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । ग्लाइडरका अनुसार बिगसेलका दिन साँझ ६ बजेसम्ममा २२ हजारभन्दा धेरै अर्डर प्लेस भएका छन् । रिचार्जरको इतिहासमा पहिलो पटक आयोजना भएको बिगसेलले इतिहास बनाएको भन्दै ग्लाइडरले आम सेवाग्राही तथा रिचार्जरका प्रयोगकर्तालाई धन्यवाद दिए ।
बिग सेलका दिन सञ्चालन गरिएका अफरमा अरु धेरै अफरहरु थपगर्दै सेवाग्राहीलाई सस्तोमा वस्तु तथा सेवा थपगर्दै लैजाने बताए । सेवाग्राहीको अधिक चासोका कारण बिगसेलका दिन रिचार्जरको मोबाइल एपमा अधिक हिट आउँदा केही समस्या आएको बताएका ग्लाइडरले केही समयमा नै समस्या समाधान भएको बताए । बिगसेलमा देखिएको समस्याबाट आगामी दिनकालागि पाठ सिक्ने अवसर मिलेको भन्दै उनले आगामी दिनमा सेवालाई चुस्त बनाउँदै लैजानेमा विश्वस्त हुन प्रयोगकर्तालाई आग्रह गरे । भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरले बिगसेलमा नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराएको थियो । रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन समेत अनुरोध गरेका छन् । बिगसेलका अफरलाई जनवरीको अन्तिमसम्म निरन्तरता दिइने ग्लाइडरले बताएका छन् ।
उक्त अवधिमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पाउन सकिन्छ । यसैगरी हरेक खरिदकर्ताहरुलाई गोला प्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जरमा सहभागिता जनाउन सक्ने छन् । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँप्रोडक्ट तथा सर्भिस पनिसुरु गर्दैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा२४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।
बिग सेलका दौरान नेपालीलाई नेपाल घुमाउने योजना अन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु उपलब्ध हुनेछ । विभिन्न पर्यटकीय स्थलमा हेलिकप्टर मार्फत सस्तो मूल्यमा भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुनेछ । जतिको रिचार्ज, त्यति नै क्यास व्याकभन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणीस्थानमा रहेर सेवादिँदै आएको रिचार्जरमा उपलब्धहुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध गराउनेछ । रिचार्जरले जतिको मोबाइल रिचार्ज ग¥यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्तहुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमाप्रयोग गर्न सकिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!