बैैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव हुुने संकेत

- January 21, 2020 मा प्रकाशित

काठमाडौँ । बैंकिङ क्षेत्रमा बैंकस्तरीय कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा वाणिज्य बैंकहरुले मात्र सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यस अवधिमा वाणिज्य बैंकबाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरुले भने ७४ अर्ब १६ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले गरी चालू आवको पाँच महिनामा आठ खर्ब रुपैयाँभन्दा बढीको बैंकस्तरीय कारोबार गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुुसार २०७५ मंसिरमा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर एक प्रतिशत रहेकोमा २०७६ मंसिरमा एक दशमलव ६४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको कारोबारको भारित औसत ब्याजदर २०७५ मंसिरको एक दशमलव २० प्रतिशतको तुलनामा २०७६ मंसिरमा शून्य दशमलव ७८ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुको औसत आधारदर २०७५ मंसिरको १० दशमलव ३० प्रतिशतको तुलनामा २०७६ मंसिरमा नौ दशमलव ४६ प्रतिशत कायम भएको छ । २०७६ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६२ प्रतिशत र १२ दशमलव ३२ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव हुुने संकेत

नेपाली बैंकिङ क्षेत्रमा पुुनः लगानीयोग्य रकमको अभाव हुुनसक्ने संकेत देखिएको छ । पछिल्लो समय बजारमा कर्जाको माग बढे पनि निक्षेप नबढेको हुुँदा बजारमा लगानीयोग्य रकमको अभाव हुनसक्ने देखिएको हो । बैंकहरुमा हालकै समयमा पनि लगानीयोग्य रकमको अभाव छ ।

यो अवस्थामा बैंकहरुले तत्कालको आवश्यकता परिपूर्ति गर्नको लागि लागि बैंकस्तरीय कारोबार (बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा अल्पकालीन अवधिको लागि हुुने कारोबार) बढाएका छन् । बैंकस्तरीय कारोबार बढेकै आधारमा अहिले यस्तो कारोबारमा ब्याजदर पनि निकै बढेको छ ।

‘ब्याजदर बढ्नुुको प्रमुुख कारण नै बैंकस्तरीय कारोबारमा वृद्धि हुुनुु हो’, एक बैंकरले भने । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू आवको पाँच महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले आठ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।

यसमध्ये वाणिज्य बैंकहरुले सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले ७४ अर्ब १६ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए ।

‘वित्तीय प्रणालीमा बैंकहरुबीच कारोबार बढ्नुु भनेको लगानीयोग्य रकमको अभाव हुुनुु पनि हो’, एक बैंकरले भने, ‘कुुनै एउटा बैंकमा तत्कालको लागि रकम अभाव हुुँदा त्यो बैंकले अर्को बैंक तथा फाइनान्सबाट अल्पकालीन अवधिको लागि रकम सापटी लिने गर्छ, बजारमा अन्तरबैंक सापटीको माग पनि बढेका कारण ब्याजदरमा निकै चर्को भएको छ ।’

ती बैंकरले भने अहिले बजारमा बैंकहरुबीच कारोबारको ब्याजदर नै तीनदेखि चार प्रतिशतसम्म पुुगेको छ । यदि यो अवस्था कायम रहने हो भने बैंकिङ क्षेत्र फेरि लगानीयोग्य रकमको अभावमा पिरोलिने ती बैंकरको भनाइ छ ।(आर्थिक दैनिक बाट)

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV