चुनावी घोषणापत्रअनुसार वर्तमान सरकार चलेको छैन

- March 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

संदिपकुमार गौतम आमन्त्रित केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)

मिलिनियमच्यालेन्जकर्पोरेसन (एमसिसी) बारे यहाँको विचार बताइदिनुस
न ?
हामी यथास्थितिमा एमसिसीको विरोधमा छौ । एमसिसीका केही कुरा कामलाग्ने छन, केही वुधा सच्याउनु पर्ने खालका हुन । त्यसैले यथास्थितिमा एमसिसीलाई पारित नगर्ने हाम्रो विचार छ । राजसंस्थाको पूनस्थापना पछि मात्र एमसिसीलाई पूर्ण रुपले कार्यान्वयनगर्नु उपयुक्तठानेको छु । किनभने अहिलेको गणतन्त्रमा राष्ट्रिय स्वाभीमान भएका नेताहरू नभएकाले यो एमसिसी गलत तरिकाले परिचालित हुन सक्छ । त्यो नेपालको भन्दा अमेरिकाको बढि हितहुने देखिन्छ । यदि एमसिसीलाई पारित गर्ने पर्ने हो भने पहिले जनतामाझ लैजानु पर्छ र जनताको सुझावअनुसार एमसिसी संसदबाट पारित गर्नुपर्छ ।

तत्कालिन संचार मन्त्री गोकुल वास्कोटाको घूस अफर काण्डलाई तपाईले कसरी लिनु भएको छ ?
यो एउटा भ्रष्टाचार अधिकतम उचाईको एउटा परिणाम हो । यत्रो ठूलो भ्रष्टाचार भएको अडियोबाट सार्वजनिक भइसकेको छ । र गोकुल वास्कोटाले राजिनामा पनि दिइसके पछि पनि प्रधानमन्त्री ओलीले अडियोमा शंकागर्नु र गोकुललाई बचाउन खोज्नुबाट यो कुरा स्पष्ट हुन्छ किओलीबाट झनै भित्री रुपमा यो घुस प्रकरण संचालन भएको बुझिन आउछ । यो अडियोलाई सम्बन्धित निकयबाट छानविन गरि दोषीहरूलाई सार्वजनिक गराएर कारवाही अघि बढाउनु प¥यो । यसो गरिदैन भने यो सरकार जनताको नजरबाट धेरै तल स्वयं फस्ने छ ।

वर्तमान सरकारको कार्यहरूलाई कसरी लिनु भएको छ ?
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले यो सरकारलाई आफ्नो प्राइभेट कम्पनी सरह चलाई रहेको छ । उदाहरणमा विभिन्न राजदुत उनीहरूकै आफ्नै नजिकका नातेदार, व्यापारी
(पैसाको नातेदार)लाई योग्य ठहराउदै नियुक्ति गर्नु र विपरितमा योग्य राजदुतलाई अयोग्य ठहराउदै फिर्ता बोलाउनुले वर्तमान सरकारको चरित्र प्रष्ट हुन्छ । प्रधानमन्त्री के पीओलीले भ्रष्टाचार गर्दिन भने पनि धमाधम भ्रष्टाचाराका श्रृखला सार्वजनिक भइरहेको छ । नेकपाको चुनावी घोषणा पत्र अनुसार पनि यो सरकारले काम नगरेको स्पष्ट भइसकेको छ । यो सरकारको मूख्य रणनीति राणा शासनजस्तो छ । माथिल्लो स्तरदेखि तल्लो स्तरसम्मलाई अधिकतमअधिकार दिएर उनीहरूलाई बह्मलुट गर्न पूर्ण अधिकार दिएको देखिन्छ । जसबाट हेर्दा माथिदेखि तलसम्मआर्थिक रुपले बलियो भएर पनि गरिब नेपालीलाई लोभ, डर देखाएर आफुतर्फ तान्ने प्रयास भइरहेको पनि जगजायर नै छ । यो उनीहरूको घातक रणनीति हो । जसलाई पहिले माओवादीले अंगिकार ग¥यो अहिले नेकपलो अंगिकार गरिरहेको छ । जस अनुरुप उनीहरूले अहिले चुनावजिते र भोली चुनाव पनि जित्ने रणनीति अख्तियार गरिरहेको छन् । यस्तो अवस्थामा पनि प्रमुख पतिपक्ष दल नेपाली काग्रेस भने नून खाएको कुखुरा जस्तो भएर बसिरहेको देखिन्छ । उसले कुनै सशक्त कार्यक्रम ल्याउन सकेको छैन । यताहाम्रो पार्टी संसदमा नभएपनि सडकमा हाम्रो जनमत छ । ओली सरकारले गरेका भ्रष्टाचार अनियमितताको विरोधमा हामीले विभिन्न कार्यक्रम गरिरहेका छौं ।

राप्रपा र राप्रपा (संयुक्त) नमिल्नुको खास कारण के हो ?
राप्रपा र राप्रपा (संयुक्त)नमिल्नुमा खासै ठूला कारण छैन । तर यसो भन्दैमा हामी चुपलाएर बस्नु हुर्दैन । दुई पार्टी एकतावद्ध नभएका कारण हामी कमजोर भएको विगतको निर्वाचनले स्पष्ट रुपमा देखाइसकेको छ । यो सन्दर्भमा एउटा हिन्दी उखान छ – ‘घर फुटे गबार लुटे’ अर्थात हामी बीचको फुटले गर्दा गत निर्वाचनमा हामी जनताबाट तिरस्कृत भयौं र विपक्षीहरूले जनताबाट जनादेश पाए । पार्टी एक भएर निर्वाचनमा जाँदा हामीले २४ सिट भन्दाबढी ल्याएका थियौ । यो उपलब्धी भनेको हामी एकिकृत भई छोटो समयमा नै जनताले हामी माथि ठूलो विश्वास गरेको परिणाम हो । त्यसैले जनताको भावना राजतन्त्र र हिन्दु राष्ट्र हो भन्ने प्रमाणित हुन्छ । तसर्थ पार्टीका हामी सबै मिलेर पार्टी एकिकरण चाडै गर्न नेतृत्वलाई घच्घचाउनु पर्छ । पार्टी एकता बाहेक हामीसंग अर्को विकल्प छैन । यो कुरा दुवै पार्टीको नेतृत्वले बुझ्नु पर्छ । हामी संगठित नहुँदा यो कम्यूनिष्ट सरकारको अत्याचारको विरुद्ध ठूलो आवाज उठाउन सकिरहेका छैनौ । यो सबैलाई अनुभुति भएकै कुरा हो ।

नेपालमा ९० प्रतिशत हिन्दु रहेको भनिन्छ तर तपाईहरू हिन्दु धर्मलाई वटमलाइन मान्ने दलको किन यतिमात्र मतआएको होला ?
यसमा मुख्यगरि दुईटा कुरा छ, प्रमुखकुरा हामीआफै एकिकृत भएका छैनौ । अर्को कुरा राप्रपाकाअध्यक्ष कमल थापा ज्यूले उपप्रधानमन्त्री भएको समयमा यूएनको मिटिङमा हाम्रो संविधान उच्चकोटीको भन्ने संवोध नगर्नु भयो । जब कि यो संविधान जनादेश विपरित हो भन्ने आम राप्रपाका नेता कार्यकर्ताको भनाई छ । यो संविधानले जनआन्दोलनको मागलाई संवोधन गर्दैन । तर राप्रपाले हिन्दुहरूलाई आफ्नो पक्षमाआकर्षित गर्न गाउँगाउँ टोल टोलमा जान ढिलाई गर्नु हुन्न । हिन्दुहरू राप्रपा(संयुक्त)मा नलागेको होइन । परिश्थिति मात्र त्यस्तो बनि सकेको छैन ।

तपाईहरू कस्तो राजसंस्था चाहानुहुन्छ ?
अब पूनस्थापित हुने राजसंस्था सर्वशक्तिमान हुनेछ । यो संविधान भन्दा माथि हुनेछ । जसका कारण नेपालमा विदेशी हस्तक्षेप हुनेछैन तथा विदेशी दलालहरू फस्टाउने छैनन । देशमा विगतमा राजसंस्था हुँदा भ्रष्टाचार अनियमितता थिएन । अब पनि राजसंस्था पूनरवहाली हुँदा देशबाट पूर्ण रुपमा महँगी भ्रष्टाचार, विभिन्नखाले अनियमितताको अन्त हुन्छ भन्ने हामीले विश्वास लिएका छौ ।

राजसंस्थापूनस्थापनाचाही कसरी हुन्छ ?
जहाँ राजा त्यहाँ प्रजाअर्थात पूर्व राजा ज्ञानेन्द्र जहाँजहाँ जानु हुन्छ त्यहाँत्यहाँ जनता राजाको स्वफुर्त रुपमा स्वागत गरेको अवस्था छ । जनताले त राजालाई स्वीकार गरेकै अवस्था छ । हामीले दुःखपायौ भनेर जनताले रोइकराई गरिरहेको अवस्था छ । जनताले पूर्वराजा ज्ञानेन्द्रलाई सिंहासनमा वस्नु होस भन्नुले पनि जनता राजसंस्थाको पक्षमा रहेको प्रमाणित हुनछ । अब त्यतिले नपुगे आम नेपाली जनता राजसंस्थाको पक्षमा आन्दोलन गर्ने बेला आएको छ ।

कालापानी, लिपुलेक, लिम्पुयाधुरालाई भारतले आफ्नो राजनीतिक नक्सामा राखेको छ, यसबारे यहाँको स्पष्ट विचार के छ ?
भारतको नक्सामा हाम्रो भुभागलाई आफ्नो भनेर देखाउदा समेत चुपलागेर बस्ने हाम्रो सरकारलाई धिक्कार छ । सरकार प्रमुख नै नेपालको आकृति भएको केकलाई काटेर जन्मदिन मनाए, यसले के देखाउछ भने प्रधानमन्त्री केपीओलीको राष्ट्रवाद कस्तो छ भनेर यहि एउटा घटनाले पनि पुष्टी गर्छ । नेकपाको राष्ट्रवाद भनेको जनताको लागि विश्वासघातहो । उनीहरूसंग राष्ट्रियता छैन । किनभने यिनीहरू भारतीय दलालभएको केही घटनाले पुष्टी गर्छ । खास गरि कालापानी लिपुलेक र लिम्पुयाधुरालाई आफ्नै भूभागहो भनेर हामीले आवाज उठाइरहेका छौ । तर यस विषयमा प्रमुखप्रतिपक्ष दल नेपाली काग्रेस समेत मौन रहनु विडम्वना हो । तसर्थ हाम्रो भू–भाग रक्षाका काग्रेस कम्यूनिष्ट असक्षम छन् । नेकपाकाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा साँठगाँठ गरेर नेपाली सैनिक भारतमा प्रशिक्षण गराउने काम गरे र त्यसको विपरित जनतालाई देखाउन ‘भारतीय विस्तारवाद मुर्दावाद’भन्ने यो उहाँको दोहोरो चरित्र हो ।

अन्तमा देशवासीहरूलाई यहाँको के सन्देश छ ?
हामी सम्पूर्ण नेपालीहरू पृथ्वीनारायण शाहले एउटा मालामा गाँस्नु भएको चार जात छत्तिस वर्णको नेपालअहिलेको नेपाल हो । यो गणतन्त्रले हामी बीच जातीयताको कुरा ल्याएर नेपालीलाई विभाजित बनाइ राज्य गरेका छन् । हामी सम्पूर्ण नेपालीहरू एक हुनु पर्छ र राजाप्रति माया र सद्भाव राख्नु पर्छ । राजाबाट राष्ट्रियता बलियो हुन्छ । र राष्ट्रियताबाट राज्यबलियो हुन्छ । यसपछि आतंककारी र विदेशी दलालहरू स्वयं शुन्यमा परिणत हुन्छन् । हामी हिन्दु हौ । हिन्दु धर्म र राजसंस्थालाई पूनरवहाली गर्न जनमानसबाट आवाज उठाउनु पर्ने बेलाआएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!