विश्व सितोरियो करातेका अध्यक्षलाई सम्मान

- March 13, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सितोरियो करात संघ प्रथम शाखा डोजो बौद्धको अायोजना एवम् बौद्धनाथ क्षेत्र बिकाश समितिको विशेष सहयोगमा विश्व सितोरियो कराते महासंघका अध्यक्ष हान्सी गेन्जो ईवातालाई विशेष सम्मान तथा बिदाई कार्यक्रमको अायोजना गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गत हप्ता जापानबाट नेपाल सितोरियो कराते संघको विशेष निमन्त्रणामा टेक्निकल सेमिनार तथा अप ग्रेडिङ्ग कार्यक्रममा नेपाल अाउनुभएका विश्व सितोरियो कराते महासंघका अध्यक्ष हान्सी गेन्जो ईवातालाई एक विशेष समारोह बिच सम्मान प्रदान गर्यो ।
उक्त सम्मान संघिय प्रतिनिधि सभा सदस्य एबम नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )का केन्द्रीय सदस्य एबम काठमाण्डौ जिल्ला कमिटिका अध्यक्ष माननिय कृष्ण राई, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, बौद्धनाथ क्षेत्र बिकाश समितिका अध्यक्ष चन्द्रमान लामा, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग, नेपाल सितोरियो कराते संघका महासचिव देब कुमार लामा,नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मजिन्द्र सिंह लगायतले मायाको चिनो,खादा,माला लगाई बिशेष सम्मान गर्नुभयो ।
उक्त कार्यक्रमा प्रतिनिधि सभा सदस्य एबम नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )का केन्द्रीय सदस्य एबम काठमाण्डौ जिल्ला कमिटिका अध्यक्ष माननिय कृष्ण राई, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, बौद्धनाथ क्षेत्र बिकाश समितिका अध्यक्ष चन्द्रमान लामा, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग, नेपाल सितोरियो कराते संघका महासचिव देब कुमार लामा,नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मजिन्द्र सिंह ,पुर्व जापानका लागि राजदुत डा.गणेश योन्जन,बौद्धनाथ क्षेत्रबिकाश समितिका कार्यकारी निर्देशक वसन्त कुमार लामा,नेपाल सितोरियो कराते संघका पदाधिकारी एबम सदस्यहरु, अन्तरास्ट्रिय निर्णायक प्रकाश धौवडेल,प्रथम गौतम बुद्ध अन्तराष्ट्रिय कराते प्रतियोगिताका संयोजक राजिव थापा,नेपाल सितोरियो कराते संघका कार्यालय प्रमुख राजेन्द्रकुमार क्षेत्री, सिनियर राष्ट्रिय निर्णायकहरु जस बहादुर पुन,ज्ञानबहादुर मोक्तान, नेपाल सितोरियो कराते संघ काठमाण्डौ जिल्ला अध्यक्ष ज्ञान बहादुर जिम्वा,प्रथम गौतम बुद्ध अन्तराष्ट्रिय कराते प्रतियोगिताका सिईअो राजु थापा, पुर्ब जन प्रतिनिधिहरु, समाजसेवी , पत्रकार , खेलाडि तथा खेलकर्मीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि संघिय प्रतिनिधि सभा सदस्य एबम नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )का केन्द्रीय सदस्य एबम काठमाण्डौ जिल्ला कमिटिका अध्यक्ष मा. कृष्ण राई, बिश्वलाई जोड्ने माध्यम र अनुशासनको उच्च निकाय खेलकुद क्षेत्र भएकोले यस क्षेत्रलाई राजनिति भन्दा अलग राख्नु पर्ने बताउनुभयो ।
सम्बोधनकै क्रममा कार्यक्रमका विशेष अतिथि समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले खेलकुद क्षेत्र कुनै भाषा, धर्म,जात,लिंग र क्षेत्र संग सम्बन्ध नरहेको र बिशुद्ध मुलुकको साख:,मान-सम्मान र ईज्जतका निम्ति अहोरात्र लागिपर्ने भएको यस क्षेत्रलाई राज्यले अब बिशेष प्राथमिकतामा राख्ने र सो कदमका निम्ति अाफुले गर्नुपर्ने कार्यप्रति कुने कसर नराख्ने धारणा ब्यक्त गर्नुभयो । सम्बोधन कै क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विश्व सितोरियो कराते महासंघका अध्यक्ष हान्सी गेन्जो ईवाताले यस सम्मान तथा विदाई कार्यक्रम अायोजना गरेकोमा नेपाल सितोरियो कराते संघ प्रथम शाखा बौद्ध प्रति हार्दिक धन्यवाद तथा अाभार ब्यक्त गर्नुभयो ।
मन्तब्य कै क्रममा कार्यक्रमका विशेष अतिथि बौद्धनाथ क्षेत्र बिकाश समितिका अध्यक्ष तथा करातेका बरिष्ठ प्रशिक्षक चन्द्रमान लामाले विगत देखि बर्तमान सम्म अाईपुग्दा कराते खेलले हाशिल गरेका उपलब्धिहरुको श्रेय पुर्वजहरुलाई जाने र उक्त श्रेयको भागिदार अाफु पनि रहेको बताउनुभयो साथै अागामि दिनहरुमा कराते बिकाशका निम्ति अाफ्नो ब्यक्तीगत तर्फबाट र बौद्धनाथ क्षेत्र बिकाश समितिको तर्फबाट सबै प्रकारका सहयोग गर्ने पनि बताउनुभयो ।
नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता एवम नेपाल स्वयम-सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ द्धारा संचालित उक्त सम्मान तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति तथा नेपाल सितोरियो कराते संघका महासचिव देव कुमार लामाले सितोरियो करातेकर्मीका निम्ती, पोखरामा भर्खरै सम्पन्न भएको टेक्निकल सेमिनारले अागामी दिनमा करातेकर्मीका निम्ति विशेष अर्थ राख्ने बताउनुभयो साथै सम्मान तथा विदाई कार्यक्रममा सहभागी भएकोमा विश्व सितोरियो कराते महासंघका अध्यक्ष हान्सी गेन्जो ईवाताप्रति सम्पुर्ण करातेकर्मीहरुको तर्फबाट हार्दिक धन्यबाद,कृतज्ञता तथा सुखद यात्राको शुभकामना व्यक्त गर्नुभयो । हान्सी ईवाता गेन्जो बिहिबार राति नै स्वदेश फर्किसकेका छन ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!