कांग्रेसका प्रवक्ता शर्माको शब्द र संगीतमा कोरोना सन्त्रासको यस्ताे गीत

- March 22, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ।
‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ।
बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो। शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ।

शब्द र संगीतः विश्वप्रकाश शर्मा
एरेन्जरः मनोहर सुनाम
रेकर्डिस्टः भोला पौडेल
स्टुडियोः साउन्ड डिजाइन, नक्साल
तस्वीरः विश्वप्रकाश शर्माको सचिवालय

गीतको शब्द
आउ माया गरौं, मान्छेले मान्छेलाई
प्रकृतिलाई, संसारलाई माया गरौं

let’s love; love humans, this nature, the world

आवाज मिलाउं / कदम कदम मिलाउं
महामारीबाट संसार जोगाउं
आउ माया गरौं !

Break the chain

उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ

You exist because of them
And in you, they have hope

आशाको दियोले विश्वास जगाउं
साथ साथ रहौं तर सचेत बनौं
मान्छे / मान्छे मिलेर मान्छेको वस्ती जोगाउं
आउ माया गरौं
Lets love
Break the chain.


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!