आफूखुसी कोरोना सम्बन्धी राहत कोष नबनाउन सरकारको निर्देशन

- March 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देश तथा विदेशमा प्रकृतिक विपत्तिदेखि अन्य विषयमा समेत आफुखुशी विभिन्न नाम दिएर कोष स्थापना गरी रकम संकलन गर्ने तर वितरण कहिले कहाँ कसरी गरियो भन्ने बारे पारदर्शी नहुने भएकाले अबदेखि आफूखुसी कोषको स्थापना नगर्न सरकारले निर्देशन दिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसबाट सक्रमण भएकालाई उपचार गर्ने भन्दै मिडिया हाउसदेखि व्यक्ती समेतले कोरोनासम्बन्धी राहत कोष बनाउदै रकम सकलन गर्न थालेपछि सो निर्देशन सरकारले दिएको हो । अहिलेसम्म बनेका कोषहरुमा पनि आफ्नो संस्थाको मात्र रकम जम्मा गर्न र त्यसलाई हरेक साता सरकारी कोषमा दाखिला गर्न आग्रह गरेको छ । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोषहरु बनाउन रोक लगाएको हो ।

सो बैठकले सरकारले कोरोना भाइरस उपचार कोष बनाएकले सोही कोषमा सहयोग रकम जम्मा गर्न समेत आग्रह गरेको छ । समितिले सरकारले नै केन्द्रीय कोष बनाइसकेकाले सबैले यही रकम जम्मा गर्नु उपयुक्त हुने बताएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले ‘कथमकदाचित कुनै संंस्थाले कोष खडा गरिसक्नु भएको रहेछ भने त्यो कोषमा आफू मातहतका संस्था, कर्मचारी वा निकायका व्यक्तिहरुको मात्र रकम संकलन गर्ने र त्यो रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने निर्णय समेत गरेका बताए । यसरी आफुखुशी भुकम्प, बाढीपहिरो, हावाहुरीलगायत विपत्तीको नाममा विभिन्न संञ्चार माध्यामहरुले संकलन गरेको रकम अहिले सम्म लक्षित वर्गसम्म नपुगेको जनगुनासो आईरहेको छ । भने अहिले कोरोनाको कारण देखाउदै राहात कोष स्थापना गरेर रकम संकलन गर्ने तर सो रकम अनियमिकता हुदै आएपछि सो कार्य नगर्न सरकारले निर्देशन दिएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!