संवेदनशिल विषयमा भ्रष्टाचार गर्नु मानवियता हराएकाहरु हुन् – धर्मनन्द श्रेष्ठ (युवा नेता नेपाली कांग्रेस)

- April 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाली कांग्रेस काठमाण्डौं पश्चिम क्षेत्रका संयोजक समेत भईसकेका धर्मनन्द श्रेष्ठ चन्द्रागिरी ८, मातातिर्थ निवासी हुनुहुन्छ । उहाँ काठमाण्डौं क्षेत्र नं. १० प्रदेश सभा (ख) को उम्मेदवारमा खडा भै झिनो मतले मात्रले पराजित हुनुभएका श्रेष्ठसंग समसामयिक विषयमा  हाम्रा समाचारदातासंग भएको छोटो कुराकानी : 

लकडाउन बढाएर जनताले दुःख र राहत उपलब्ध नपाएको गुनासो सुनिन्छ नी ?

यो महामारी रोक्न र जनतालाई बचाउन लकडाउन बाहेक अरु विकल्प थिएन तर महामारीबाट बचाउन औषधी एवं स्वास्थ्य सामाग्री उपलब्ध गराउन पर्दछ । लकडाउनको अवस्थामा मजदुर, किसान, उद्योगी व्यापारी, विद्यार्थी लगायत सम्पूर्ण क्षेत्रमा असर परेको छ । तर दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई हातमुख जोड्न कठिन अवस्थामा खाद्यान्न लगायत आधारभूत आवश्यक्ताहरु परिपूर्ति गर्नु पर्दछ र सबै क्षेत्रमा देखा परेका समस्याहरुलाई योजनाबद्ध तरिकाले समाधान गर्नु पर्दछ । त्यसो गरेको देखिन्न । अहिले यो सरकारले विदेशमा बस्ने नेपालीहरुको बारेमा चासो देखाएको छैन, अरु विभिन्न देशहरुले आफ्नो नागरिकहरुलाई आफ्नो देशमा सुरक्षित तरिकाले लिईसकेका छन । तर यो सरकारले विदेशमा बसेका र स्वदेशमा फकर्न चाहनेहरुका लागि समेत पहल गरेको देखिदैन । संवेदनशील अवस्थामा स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा करोडौं भष्टचार भयो तर आफ्ना नागरिकलाई ल्याउने बारेमा वा सुरक्षित गर्ने बारेमा सोचिरहेको देखिदैन ।

अब यस्तो अवस्थामा मूलुकको आर्थिक स्थीतिलाई कसरी हेर्नुहुन्छ ?
विश्व भरि नै आर्थिक स्थीति कमजोर नाजुक बन्दैछ । तर उनीहरु देशमा वित्तिय संस्थाहरुलाई सहुलियत उपलब्ध गराउने घोषणा गरेका छन् । तर हाम्रो देशमा कृषि उद्योग पर्यटन उद्योग लगायत सम्पूर्ण उद्योग व्यवसाय क्षेत्रमा आक्रान्त समस्या परेकोले सरकारले आर्थिक उन्नतीका लागि आर्थिक योजनाहरु घोषणा गरि समस्याग्रस्त उद्योग व्यवसायलाई राहत सहुलियत उपलब्ध गराई पुनः उद्योग व्यवसाय नियमित संचालन गर्ने योजनाहरु तुरुन्तै घोषणा गर्नु पर्दछ, आर्थिक अवस्थामा शंकट उत्पन्न भई मानव सभ्यता विकासमा ठूलो असर पर्ने देखिन्छ । बैंकले व्याज मिनाह गरी ऋण नविकरण गर्नु पर्दछ । राज्यले केही समयको लागि कर मिनाह गर्नु वा छुट गर्नु पर्दछ ।

तपाई प्रतिपक्षको यूवा नेता भएको नाताले यो सरकारले गरेको सरकारप्रति के भन्नु हुन्छ ?
सरकार र जनप्रतिनिधिहरुले विभिन्न क्षेत्रका मजदुर किसान लगायतलाई राहत दिइरहेका छन् । यसमा पनि भ्रष्टाचार, अनियमितता भएको गुनासो सुनिन्छ । खासगरि विश्वभरि फैलिएको यो महामारी भाइरसको स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा जुन किसिमको भ्रष्टाचारका कुरा आइरहेका छन्, यो जघन्य अपराध हो । देशलाई परेको अवस्थामा सामाग्री खरिद प्रक्रियामा देखिएको भ्रष्टाचार र भ्रष्टाचारीलाई कडा भन्दा कडा कानुनी कारवाही गरी त्यसमा संलग्न सरकार, कर्मचारी, व्यापारीको सम्पूर्ण सम्पत्ति जफत गरी कडा कारवाही गर्नुपर्दछ । साथै अहिले जुन निम्न वर्ग, मजदुर किसिमलाई आर्थिक सहयोग स्वरुप राहत वितरण गर्ने कार्य भइरहेकोमा अनियमितता, भष्टाचार एवं राजनीतिकको आधारमा वितरण गर्ने काम भइरहेका जानकारी भएको हुनाले राहत कोषबाट प्राप्त भएको र स्वयम् स्थानिय निकायबाट के कती परिणाममा खाद्यान्न बस्तु खरिद गरिएको हो र कति कति पाए भनने कुरा पारदर्शी हुनुपर्दछ । त्यसमा पनि पत्रकार, बुद्धिजीवि, प्राविधिक एवं सबै राजनीतिक दल तथा समाजसेवीलाई साथमा राखेर वितरण गर्नु पर्ने त्यो देखिएन र कतिपय ठाँउ सढेको खाद्यान्न बाडिएको समाचारमा आएको छ । त्यसमा पारदर्शीता हुनु जरुरी छ । हाम्रो पार्टीले पनि ५० लाख दिएको छ । हामी पनि ठाँउ ठाउँ स्वयमसेवकको काम गरेका छौं, यस्तो अवस्थामा सबै सक्रिय भई काम गरौं । भ्रष्टाचारलाई रोकौ । सामाजसेवी, पत्रकारलाई संलग्न गरी लक्षीतवर्गलाई पारदर्शी ढंगले राहत उपलब्ध गराउनु पर्ने हुन्छ ।

तपाईको पार्टीले यसमा के कस्ता कार्यक्रमहरु बढाएको छ ?
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयको निर्देशनमा राहत कोषमा ५० लाख स्वास्थ्य सामाग्री, खाद्यान्न उपलब्ध गराउनको लागि ५० लाख जम्मा गरेको छ । साथै स्वास्थ्य सामाग्री खरिद गरी अरबौं भ्रष्टाचार गरेको थियो । त्यसलाई विरोध गरेर खरिद प्रक्रिया रोक्नमा सफल भएका छौं । देश र विदेशमा रहेका सम्पूर्ण जनताहरु स्वास्थ्य र सुरक्षा गर्ने सरकारलाई अनुरोध र सचेत गराउने कार्य गरेका छौं, र जुन भ्रष्टाचारलाई लुकाउन संरक्षण गर्ने जघन्य अपराध सरकारबाट भएकोमा नेपाली कांग्रेसले यो सरकारका कार्यहरु गर्न गराउन सचेत गराई नेपाली जनताको आशा र भरोसामा पार्टीको रुपमा नेपाली कांग्रेसले विश्वासिलो आधार बनाउनु पर्दछ र अहिले स्वास्थ्य सामाग्री खरिद गर्ने प्रक्रियामा नेपाली सेनालाई खरिद गरि भ्रष्टाचार लुकाउने प्रयास गरिएको कुरा अम जनमानमिा रहेकोले नेपाली कांग्रेस देशको विश्वासिलो पात्र नेपाली सेना रहेको हुनले सेनाबाट समाग्री खरिदमा भ्ष्टाचार नहोस् भन्ने नेपाली जनता र नेपाली कांग्रेसको चाहना छ । अब यस्तो अवस्थामा सेना पनि भ्रष्टाचार र अनियमिततामा संलग्न नभएको नपाली जनतालाइृ विश्वास र भरोसा दिलाउनु पर्दछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!