पुर्वसञ्चारमन्त्री बस्नेतले लिए शिशुलाई पौष्टिक आहार र उच्च तहसम्मको शिक्षाको जिम्मा

- May 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसबाट निधन भएकी महिलाको शिशुलाई आबश्यक पर्ने पौष्टिक आहारका साथै उच्च तहसम्मको शिक्षाको जिम्मा लिएका छन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा गत जेठ २ गते ती महिलाको निधन भएको थियो ।

मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने कार्यक्रम रहेको बस्नेतले बताएका छन् । त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!