पार्टीका र आफ्नालाई मात्रै राहत

- May 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुनसरी । २०७७ जेठ ५ गते । सुनसरीको सदरमुकाम इनरुवा १० जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयहरुले बताएका छन् । जल्पापुरमा वडा अध्यक्ष सुल्तान मियाँले आफ्नो नजिकका र पार्टीकालाई मात्रै राहत वितरण गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

जल्पापुरको साविक ८ र ७ मा कसैलाई पनि राहत नदिएकाले राहत वितरणमा विभेद गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

इनरुवा १० जल्पापुरमा कुल एक हजार दुई सय ८० घर परिवार रहेकोमा करिव पाँच सय विपन्न वर्गलाई राहत वितरण नगरि वडा अध्यक्ष मियाँले विभेद गरेको स्थानीयहरुले बताएका छन् ।

वडा अध्यक्ष मियाँले आफ्नो पार्टी नेकपाका समर्थकलाई मात्रै राहत दिएको काग्रेंस पार्टीमा आस्था राख्नेहरुलाई राहत नदिई राहत वितरणमा विभेद गरेको स्थानीय सकुर मियाँले बताउनुभयो ।

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१० जल्पापुरका रफुल मियाँ दुई महिने लकडाउनको कारणले घरमा बसेको भएपनि राहत नदिएको राहुल मियाँले बताउनुभयो ।

आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारणले यस आपतीको बेलामा राहत नदिएको उहाँको भनाई छ । अर्का स्थानीय अवदुल रहमानलेको दुखेसो पनि उस्तै रहेको छ । उहाँले नेकापको वडा अध्यक्ष भएकाले विभेदमा परेको र नगरमा काग्रेंसका प्रमुख राजन मेहता भएपनि वहाँले पनि जितेर गएपछि कुनै सुनुवाई र पीडा सुन्न नआएको बताउनुभयो । वहाँले चैतदेखी जारी रहेको लकडाउनका कारणले काममा जान नपाएको र पूर्ण प्रभावित भए पनि राजनीति रुपमामा फरक आस्थाकै कारण राहत नपाएको गुनासो गर्नुभयो । गाउँमा छुतहरु मियाँ, बसिरन खातुत सहितका सयौले भोकभोकै बसेको दुखेसो पोखेका छन् ।

यी दुई त्यो ठाउँका लागि उदाहरणको पात्र मात्र हुन् । उनिहरु जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ५०० परिवारले अहिलेसम्म राहत पाएका छैनन् । सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।

लकडाउनको पीडाबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा नेकपालाई भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय काग्रेंसका स्थानीयहरुले बताएका छन् ।

वडामा तत्कालीन नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष सुल्तान मियाँ विजयी भएकाले आफूलाई भोट नदिनेलाई राहत नदिएको स्थानीय मोहमद जावेद अख्तरको आरोप रहेको छ । यता वडा अध्यक्ष मोहमद सुल्तान मियाँले त्यो कुरामा कुनै सत्यता नभएको प्रतिकृया दिनुभयो । पीडितलाई राहत दिने काम जारी रहेको र नपाएकाहरुलाई वितरण गर्ने बताउनुभयो । वहाँले कसैलाई विभेद नगर्ने र नगरेको प्रतिकृया दिनुभयो ।

आफूले साविक वडागतरुपमा राहत वितरण गर्दै आएको उहाँले बताउनुभयो । आफूले राहतमा कुनै राजनीति नगरेको, आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको बताउनुभयो ।

गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत दिनुपर्ने की रोजगारी दिनुपर्ने र काममा जान दिनुपर्ने वातावरण मिलाइदिन माग गरेका थिए । यहाँ नेपाली काग्रेंसका वडा सभापती खलिल मियाले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नुपर्ने आवश्यकता रहेकोमा विभेद गरिएको देखिएको बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!