साम्राज्ञीविरुद्ध भुवन केसीले १० करोडको मुद्दा दायर गरे

- July 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जनाए । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।

पछिल्लो समय केसीबाट आफू पीडित भएको भन्दै शाहले भिडिओ सन्देश सार्वजनिक गर्दैआएकी छन् । यसबीचमा केसी र शाहविरुद्ध गहिरो विवाद उत्पन्न भएको हो । केसी र शाहको पक्ष र विपक्षमा अरु थुप्रै कलाकारहरुले समेत प्रतिक्रिया दिन थालेका छन् । कतिपयले शाहको आरोपलाई ‘मी टू’ अभियानको श्र्रंखलासँग जोडेर पनि व्याख्या गरे । अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!