र्‍यापर दुले रकर : महामारीमा मजदुरका गीत गाएर रातारात हीट

- August 3, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नयाँदिल्ली : भारतीय युवामाझ अचेल नयाँ र्‍यापर चर्चित बनेका छन् । सामाजिक सञ्जालमा छोटो समयमै दुलेश्वर टान्डी उर्फ, ‘र्‍यापर दुले रकर’ को चर्चा लोभलाग्दो छ । दुले कोभिड–१९ को संकटबीच आप्रवासी कामदारहरुको दुर्दशाबारे र्‍याप बनाएर गाउँछन् ।

२७ वर्षीय दुले ओडिसाको स्थायी बासिन्दा हुन् । कलाहान्डी जिल्लाका उनी २०१३ मा कामको खोजीमा राइपुरमा पुगेका थिए । गाउँकै सरकारी कलेजबाट बिएस्सी केमेस्ट्री सकेका उनले होटलमा वेटर र भाँडा माझ्ने काम पनि गरे । तर पछिल्लो समय कोरोनाभाइरस महामारीले गर्दा काम खोसियो । अन्ततः गाउँले झुपडीबाटै र्याप गाएर उनी चर्चित सेलिब्रिटी बनेका छन् । तर उनको र्याप गाउनुको उद्देश्य हरेक नागरिकलाई विपन्न कामदारको अवस्थाबारे सचेत गराउनु थियो ।

महामारीमा कामदारहरुले भोगेका पीडा, असमानता र विभेद् उनका र्यापमा समेटिन्छन् । खासमा दुलेसँग अन्य र्यापरसँग झैँ आधुनिक प्रविधि छैन । स्टुडियो छैन । स्टेज छैन । उचित ब्याकग्राउन्ड छैन । क्यामेरा छैन । बरु उनी गाउँको सानो झुपडीमा आफ्नो सस्तो मोबाइल फोनमा रेकर्ड गर्दै र्याप गाउने गर्छन् ।

पछिल्लो समय उनै दुले भारतीय मिडियामा चर्चित सेलिब्रिटी बनेका छन् । ‘जब मैले चीन, युरोप र अमेरिकाबाट कोरोनाभाइरस फैलँदै गरेको समाचार थाहा पाएँ, यसको असर यहाँ खराब हुनेवाला छ भन्ने थाहा पाएँ । सरकारले लकडाउन घोषणा गरेपछि म गाउँ फर्कनुपर्छ भन्ने मेरो दिमागमा आयो,’ दुलेले बताए ।

जब दुलेले कामदारहरु परिवार र बालबच्चालाई बोकेर पैदल हिँडेको देखे, त्यसबेला उनले पहिलो र्याप सुरु गरे । त्यसको नाम थियो, ‘सत्य कहानी’ । जहाँ उनले नेताहरुको आलोचना गरेका थिए ।

नेताहरुले कसरी सहयोगको नाममा कसरी पैसा कमाउने अवसर जुटाउँछन् भन्ने आशय उनको पहिलो भिडियोमा थियो । त्यसपछि दुलेले ‘सुन सरकार’ नामको अर्को भिडियो तयार पारे । यसले पनि कामदारको दुर्दशा र विद्यमान संकटबारे यथार्थ उधिनेको थियो । दुलेश्वर सानैदेखि यस्ता गीत लेख्थे र चन्डीगढमा प्रस्तुती पनि दिएका थिए । हाल उनी सानो र पुरानो माटोको घरमा आमासँग बस्छन् ।

तर जब गीत भाइरल बन्यो, त्यसपछि उनलाई उडिया फिल्म क्षेत्रमा काम गर्ने प्रस्ताव समेत आउन थालेको छ । जुन उनका लागि ठूलो अवसर हो । पछिल्लो समय स्वारा भास्कर लगायत केही बलिउडका सेलिब्रिटीले समेत उनको कामको प्रशंसा गरेका छन् ।अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!