पूर्वसञ्चारमन्त्री मोहन बस्नेतलाई पितृशोक

- August 7, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिभुबन शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे ल्याइ दाहसंस्कार गरिने समेत जनाइएको छ । यसैक्रममा नेपाली काँग्रेस जिल्ला शाखा सिन्धुपाल्चोकले समेत एक प्रेस विज्ञप्ति जारी गरी शोक व्यक्त गरेको छ । जिल्ला सभापति विकास लामद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा प्रजातन्त्र सेनानी बस्नेतको निधनले अपुरणीय क्षति पुगेको जनाएको छ ।  यस दुखत घडीमा मृतक आत्माले शान्ति पाओस भन्दै भगवानसंग प्राथन गर्दैै शोकाकुल परिबारप्रति तीब्रखबर डटकम परिवार हार्दिक समबेदन व्यक्त गर्दछौ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!