बिद्यार्थीका लागि सबैथोक एकै ठाऊ

- August 18, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बिश्वब्यापि कोरोना महामारीले गर्दा हरेक क्षेत्रको जनजिवन प्रभावित गरेको बेला शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेको छैन मात्र होईन बिद्यार्थीहरुको पठन पाठन झण्डै तहस नहस हुन लागेको छ भने बिभिन्न अनलाईन माध्यम र तिनीहरुको प्रतक्ष्य तथा अप्रतक्ष्य प्रभावले सबैको दैनिकी नै भिन्न प्रायः भईसकेको छ । गत चैत्र महिना देखि सरकारले लागु गरेको लकडाउनका र त्यस पछि भेला र मेला जस्ता सामुहिक कार्यहरु माथि जारी निषेधाज्ञाका कारण बिगतका बर्षहरुमा झै यस बर्षको बैशाख जेष्ठ महिनाहरुमा लाग्ने गरेको कुनै पनि शैक्षिक मेलाहरु यस पालि हुन पाएनन् भने आज क्भ्भ् परिक्षाको नतिजा प्रकाशित भएको पहिलो दिन पनि कैयन शैक्षिक संस्थाका सञ्चालकहरुमा बर्ष भरिको आय र खर्चको ब्यबस्था गर्ने कसरी हो भन्ने अन्यौलता छाएको छ । यसै परिप्रेक्ष र चुनौतीलाई सामना गर्ने माध्यमका रुपमा नेपालमा पनि धधध।नयतयकबmक।अयm को शुरुवात भएको छ ।

यस अनलाईन पोर्टल www.gotosams.com का माध्यमबाट see र सो भन्दा माथिल्लो तहको परिक्षा उतिर्ण भएका बिद्यार्थीहरुले आफुले अध्ययन गर्न चाहेको बिषय, शैक्षिक संस्था वा भौगोलिक क्षेत्रको इच्छा अनुसारको सुचना जानकारी लिनुका साथै भर्ना आबेदन र त्यस पछिका प्रक्रिया अबलम्बन गर्नुका साथै उपलब्ध छात्रबृत्ति, रोजगारका अबसर र शैक्षिक संस्थाहरुद्धारा आयोजना गरिने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त कृयाकलाप सम्बन्धि जानकारी लिन सक्नेछन् । बाहिर हिडडुलमा लागेको प्रतिबन्ध तथा साबधानि अपनाउनु पर्ने भएकाले धेरै बिद्यार्थीहरुले घरमै बसि यस पोर्टलका माध्यमबाट एकै आबेदन फारम मार्फत धेरै संस्थाहरुमा आबेदन दिन सक्नेछन् ।

अर्को तर्फ साे अनलाईन पोर्टलको माध्यमबाट शैक्षिक संस्थाहरुले आफ्नाे ब्यबसायको समयोचित मुल्याकंन र उचित प्रबन्ध गर्न सक्नेछन् । आबद्ध शैक्षिक संस्थाहरुले आप्mनो संस्थामा के कति बिद्यार्थीहरुले रुचि देखाएका छन् भनि थाहा पाउनुका साथै तिनीहरुको अबस्था तथा प्राप्तांक अनुसार आफुले उपलब्ध गराउन सक्ने सेवा सुबिधाको बारेका ब्यक्तिगत रुपमा नै अन्र्तकृया गर्न सकिन्छ । यसका अतिरिक्त शैक्षिक संस्थाहरुले गर्ने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त कृयाकलाप सम्बन्धि जानकारी एकै पटक धेरै जनालाई दिन सक्नेछन् । यसका लागि शैक्षिक संस्थाहरुले धधध।नयतयकबmक।अयm अनलाईन पोर्टलमा गई आप्mनो संस्था सम्बन्धि जानकारीलाई भेरिफाई गर्नु पर्ने हुन्छ । यसरी धधध।नयतयकबmक।अयm ले बिद्यार्थीका लागि सबैथोक एकै ठाऊ, घरैमा बसेर गर्न सकिेन भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!