‘ब्लाक लिष्टेड’ को घेरामा नबिल बैंक !!!

- September 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

डलर अर्बपति तथा सभासद् विनोद चौधरीका कारण नबिल बैंक ‘कालो सूची’ मा पर्ने सम्भावना बढ्दै गएको छ । बङ्गलादेशको एएमएल सीएफटी कार्यान्वयन गर्ने वित्तीय जानकारी इकाइ र भ्रष्टाचार अनुसन्धान आयोग ९एसीसी० ले नबिलका मुख्य लगानीकर्ता एवम् एनबी इन्टरनेशनलका अब्दुल आवल मिन्टु र उनको परिवारको सम्पत्तिको स्रोत खोजबिन गरेपछि उक्त सम्भावना बढेको हो । एएमएल सीएफटीको कारण कालो सूचीमा परेमा कुनैपनि बैंकले जारी गरेको प्रतित पत्र (एलसी) विश्वका अन्य बैंकले स्वीकार्दैनन् । त्यसैगरी त्यस्तो बैंकले विदेशी मुद्राको अन्य कारोबारसमेत गर्न पाउन्न। नबिलले एएमएल सीएफटीको निर्देशन पालना नगर्ने सबैभन्दा कमजोर बैंकको रूपमा यसअघि नै नाम कमाइ सकेको छ । नेपाल राष्ट्र बैंकले तीन वर्षअघिको स्थलगत सुपरीवेक्षण प्रतिवेदनमा समेत बैंकले एएमएल सीएफटीको निर्देशन पालना नगरेको संस्थागत सुशासन शीर्षकअन्तर्गत उल्लेख गरेको थियो । नबिल बैंकमा एनबी इन्टरनेशनल,बङ्गलादेशको ५० प्रतिशत सेयर लगानी छ । त्यसमध्ये आधा लगानी एनबी इन्टरनेशनल,आयरल्याण्डको हो । बाँकी आधा बङ्गलादेशी राजनीतिज्ञ,व्यवसायी तथा उद्योगपति अब्दुल आवल मिन्टुको र अन्तिम आधा चौधरीको कम्पनी सिनोभेसन ईंन्कको हो । सिनोभेसनका तीनजना साझेदारमा विनोदसहित उनका छोराहरू राहुल र बरुण छन् ।

एनबी इन्टरनेशनल,बङ्गलादेशका मिन्टु,उनकी श्रीमती र छोराले गैरकानुनी माध्यम प्रयोग गरी मुलुकबाट पुँजी पलायन गरेको आरोपमा थालिएको सरकारी अनुसन्धानलाई हालै तीब्र पारिएको छ । बङ्गलादेश पनि नेपालजस्तै कानुनी व्यवस्थामा तोकिएबाहेक विदेशी मुद्रा अन्य मुलुकमा एक डलर पनि लैजान नपाइने मुलुक हो । विशेषगरी यसअघि नबिलबाट प्राप्त सबै नगद लाभांश वापतको डलर सोझै ढाका लगिएको हो भनेपनि त्यहाँबाट अन्यत्र लैजान मिल्दैन र पाईंदैन । मिन्टु र उनको परिवारको सम्पत्तिको स्रोतमाथिको छानबिनले चौधरीको सिनोभेसनले ढाकामा प्राप्त गरेको भनिएको नगद लाभांशको हैसियत र अवस्थाको बारेमा समेत अहिले बङ्गलादेशमा प्रश्नचिन्ह उठेको छ । बङ्गलादेश पनि नेपालजस्तै कानुनी व्यवस्थामा तोकिएबाहेक विदेशी मुद्रा अन्य मुलुकमा एक डलर पनि लैजान नपाइने मुलुक हो । ढाकामा भइरहेको छानबिनमा मिन्टुले नेपालको नबिल बैंकमा लगानी गरे वापत हरेक वर्ष डलरमा प्राप्त नगद लाभांश मुलुक नल्याएको आशंका गरिएको छ । अर्कोतर्फ,अढाई दशकअघि नबिल बैंकमा गरिएको करोडौं लगानीको समेत स्रोत खोजिएको छ ।

यसबाट एनबी इन्टरनेशनल, बङ्गलादेश र चौधरीको सिनोभेसनको ‘डलर चेन’ को रहस्य खुल्ने अनुमान गरिएको छ । अहिले नेपालबाट लैजानुपर्ने भनिएको एनबीको नामको डलर लाभांश ढाका नलगी आयरल्याण्ड वा अन्यत्र पुर्याएको आशंकामा थप अनुसन्धान भएको हो । यसले लाभांश रकम रकमान्तर गर्ने नबिल समेत शङ्काको घेरामा तानिएको बुझिएको छ । एसीसीले बर्मुडामा रहेको मिन्टुको एनएफएम इनर्जी कम्पनीको कारोबार समेत खोतल्न थालेको छ । यसका लागि नबिलबाट यसअघि पठाइएका सबै डलर लाभांशको ट्रयाकिङ्ग हुने निश्चितझैँ देखिएको हो । ढाकामा अघि बढेको मिन्टु र एनबीबिरुद्धको अनुसन्धानले राष्ट्र बैंक र वित्तीय जानकारी इकाइको सामुन्ने कानुनबमोजिम तोकिएको जिम्मेवारी, दायित्व र भूमिका निभाउन अग्निपरीक्षाको घडी आएको छ । एसीसीले आशङ्का गरेझैँ एनबीले नबिलबाट ढाका लैजानुपर्ने डलर लाभांश एनबी इन्टरनेशनल,आयरल्याण्डको नामबाट अन्यत्र लगे वा नलगेको बारे राष्ट्र बैंक र इकाइले समेत आवश्यक परीक्षण तथा अनुसन्धान गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । नेपालबाट लैजानुपर्ने भनिएको एनबीको नामको डलर लाभांश ढाका नलगी आयरल्याण्ड वा अन्यत्र पुर्याएको आशंकामा थप अनुसन्धान भएको हो । एसीसीले मिन्टुमाथि बैंकरहरूको मिलेमतोमा नक्कली कागजातको प्रयोग गरी ऋण लिएको, करोडौंको कर छलेको, बैंकरहरूको सहयोगमा शंकास्पद विदेशी मुद्रा कारोबार गरेको र स्रोत नखुलेको सम्पत्ति मुलुक बाहिर लगेको गम्भीर आरोप लगाएको छ । मिन्टुलाई दुई वर्ष अघिदेखि र छोरा तफ्सीर मोहम्मद आवललाई हालै एसीसीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

यसैबीच एसीसीले छोरा तफ्सीरलाई न्यूयोर्क र लन्डनस्थित बैंक खातामा रहेको रकमको बारेमा थप अनुसन्धानका लागि गत सोमबारदेखि बयान लिन थालेको छ । एसीसीले बङ्गलादेशको वित्तीय जानकारी इकाईलाई पठाएको पत्रमा तफ्सीरको बारेमा इकाईले गरेको हालसम्मको अनुसन्धानको सम्पूर्ण विवरणसमेत माग गरेको छ । साथै, सो सम्बन्धमा बङ्गलादेशको राजश्व बोर्डसँग पनि आवश्यक विवरण मागेको छ । मिन्टुले ट्याक्स हेभन ९करको दृष्टिकोणले स्वर्ग० मुलुक बर्मुडामा दर्ता रहेको एनएफएम एनर्जी कम्पनीमार्फत् विदेशी मुद्राको कारोबार र अपचलन गरेको आशंका गरिएको छ । त्यसैले उनकी श्रीमती र छोराहरूले उक्त कम्पनीको नामबाट न्यूयोर्कस्थित जेपी मोर्गान चेज बैंक र लण्डनस्थित बर्कलेज बैंकमा गरिएको कारोबारको विस्तृत विवरणसमेत माग गरिएको छ । स्रोतका अनुसार एसीसीले मिन्टु र उनको परिवारले विदेशमा गरेको अवैध लगानीको परिमाण पत्ता लगाउन पछिल्लो कदम चालेको बताइएको छ । एसीसीले छोरा तफ्सीरलाई न्यूयोर्क र लन्डनस्थित बैंक खातामा रहेको रकमको बारेमा थप अनुसन्धानका लागि गत सोमबारदेखि बयान लिन थालेको छ । साथै, क्यालिफोर्निया राज्यको पिट्सबर्गमा रहेको पीएनसी बैंकको शाखाबाट पनि मिन्टु परिवारको शंकास्पद कारोबार हुनसक्ने एसीसीले आशंका गरेको छ । यसबीचमा मिन्टु परिवारले थाइल्याण्डको राजधानी बैंककको भीआईपी एरियाको रूपमा परिचित सुकुम्भितमा खरिद गरेको आलिशान अपार्टमेण्टलाई पनि अनुसन्धानको घेरामा राखिएको छ ।

बर्मुडामा दर्ता गरिएको एनएफएम एनर्जी कम्पनीेको सञ्चालकमा मिन्टु, उनकी श्रीमती नसरिन फातिमा र जेठो छोराको नाम उल्लेख छ । बङ्गलादेशको वित्तीय जानकारी इकाईले ज्वाइन्ट भेञ्चर कम्पनीको रूपमा सिङ्गापुरमा दर्ता गरिएको उनीहरूको एनएफएम इनर्जी र सो मार्फत् गरिएको लगानीको विस्तृत विवरणमाथि अनुसन्धान अघि बढाएको छ । मिन्टु बङ्गलादेश चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एफबीसीसीआई) का पूर्व अध्यक्ष हुन् । उनले सन् १९९० को दशकको प्रारम्भकी तत्कालीन तथा हालकी प्रधानमन्त्री शेख हसिनाको निकै नजिक रहेर आफूलाई एकाएक चर्चित व्यवसायीमा परिणत गरेका थिए । तर, पछि उनी राजनीतिक रङ्ग फेर्दै बङ्गलादेश नेशनल पार्टी (बीएनपी) मा आबद्ध भए । अहिले उनी त्यहि पार्टीको उपाध्यक्ष छन् । यसअघि उनलाई सैन्य समर्थित कामचलाउ सरकारले अन्य धेरै राजनीतिज्ञ र व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको आरोपमा आवश्यक अनुसन्धानको लागि पक्राउ गरेको थियो । यहि परिवेशमा एसीसीले नबिलमा रहेको एनबी कम्पनीको लगानीको स्रोत तथा डलरमा प्राप्त लाभांश समेत मिन्टुले अन्यत्र लगेको आशङ्का गरेको हो । यस्तो अवस्थामा नेपालको केन्द्रीय बैंक र वित्तीय जानकारी इकाईले कुनै जानकारी र सूचना नै प्राप्त गरेको छैन भन्न सकिने अवस्था देखिँदैन । नबिलको लाभांश लैजाने क्रममा एनबी इन्टरनेशनलको नामबाट दुईजना डलर अर्बपतिले ढाकाको सट्टा अन्यत्र पुर्याउने प्रपञ्च मिलाएको हो वा होइन भन्ने यकिन गर्नुपर्ने दायित्व अब नेपालका केन्द्रीय बैंक र वित्तीय जानकारी इकाईको सामुन्ने आएको छ ।

अब नेपालका अर्बपति डलरले विश्वका विभिन्न मुलुक र महादेशमा सञ्चालन गरेको होटल, रिसोर्ट र अन्य व्यवसायको डलर स्रोत समेत खुल्ने सम्भावना बढेको छ । मिन्टुको अनुसन्धानबाट दुईजना डलर अर्बपतिको गोप्य कारोबारका सबै यथार्थ खुल्नसक्ने अनुमान गरिएको छ । नबिलको लाभांश लैजाने क्रममा एनबी इन्टरनेशनलको नामबाट दुईजना डलर अर्बपतिले ढाकाको सट्टा अन्यत्र पुर्याउने प्रपञ्च मिलाएको हो वा होइन भन्ने यकिन गर्नुपर्ने दायित्व अब नेपालका केन्द्रीय बैंक र वित्तीय जानकारी इकाईको सामुन्ने आएको छ । चौधरीले राष्ट्र बैंकको ताकेतापछि नबिलमा रहेको आफ्नो नामको ५० हजार कित्ता सेयरको डलर लाभांश वापतको ९५ हजार अमेरिकी डलर हालै फिर्ता ल्याएका छन् । उनका बङ्गलादेशी व्यावसायिक साझेदारमाथि डलर अपचलन गरेकोलगायतका विषयमा उता अनुसन्धान भएको अवस्थामा फिर्ता भएको डलर बङ्गलादेशबाट ल्याइयो वा अन्यत्रबाट भन्ने विषय पनि महत्वपूर्ण हुने स्रोतको दाबी छ । कुनैपनि बैंकको विदेशी मुद्रा कारोबारसम्बन्धी निरीक्षण राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गर्नुपर्छ । सिस्टम अडिट रिपोर्टलगायतका अन्य सबै कार्यको स्थलगत र गैरस्थलगत अध्ययन केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले गर्ने कानुनी व्यवस्था छ ।(साभार: द्रव्य शाह/जनआस्थाबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!