पत्तै नपाई भाग्यो कोरोना भाइरस

- September 12, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै बुहारी पनि संक्रमणमा परिन्। तर, कुनै लक्षण देखिएन। ‘हजुरआमा कुनै लक्षण नै नदेखिई कोरोना संक्रमणमुक्त हुनुभयो’, नातिले भने। ती वृद्धाको स्याहारसुसार बुहारीले गरिन्। बुहारी पनि कोरोना पोजिटिभ नै थिइन्। छोराले पकाएर खुवाए।

हजुरआमाको दैनिकी अरू बेलाजस्तै बित्यो। कुनै लक्षण नदेखिएपछि थप औषधिको आवश्यकता देखिएन। खाजा, खाना खुवाउने नियमित प्रक्रियाजस्तै बन्यो। तातो पानी पर्याप्त खुवाइएको नातिले सुनाए। वनस्पतिको रसबाहेक अरू खुवाउनु परेन।

उनले मन्दिर जाने, पूजा गर्ने, नुहाउने, खानेजस्ता नित्यकर्ममै समय बिताइन्। ८४ पूजा गर्दाको मन्दिर घरमै छ। दिउँसो त्यही मन्दिरछेउ गएर बसिन्, साँझ–बिहान घरभित्रै। एक नातिलाई भने ज्वरो आएको थियो। हजुरआमाले सहजै निको भएपछि परिवारका सदस्य दंग छन्। सुरुमा जेठो नातिलाई संक्रमण देखिँदा त्रास थियो। दुई दिनसम्म सय डिग्रीभन्दा बढी ज्वरो आयो। पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमै बसे। पाँच जनाको परिवारमा तीन जना संक्रमित भए, अन्यलाई संक्रमण देखिएन। ‘त्यति धेरै आत्तिइहाल्नुपर्ने अवस्था रहेनछ। तर, सतर्क हुनुपर्छ’, नातिले भने। कोरोनापछि हजुरआमालाई मास्क लगाउन नातिले सिकाए। कोरोनाका विषयमा अरू जानकारी दिएनन्। हजुरआमा निको भएपछि उनीहरूको निष्कर्ष छ, ‘कोरोनाबाट निको हुन आत्मबल चाहिँदो रहेछ।’ त्रासले झन् बढी जोखिम हुने उनीहरूको परिवारको अनुभव छ।

हजुरआमा निको भएपछि गाउँपालिकाका जनप्रतिनिधि घरमै आएर बधाई दिए। स्वास्थ्य मापदण्डअनुसार डिस्चार्जको प्रमाणपत्र थमाए। तर दोस्रो परीक्षण सरकारीस्तरबाट नभएपछि उनीहरूले निजी क्लिनिकबाट गराए। १७ दिनमा रिपोर्ट नेगेटिभ आयो।

ती हजुरआमाको शारीरिक अवस्था भने असामान्य छ। दुर्घटनामा पिठ्युको हाड भाच्चिएपछि उनी अरूकै सहारामा हिँडडुल र उठबस गर्छिन्। दुर्घटनाको केही सयमपछि उनलाई प्यारालाइसिस भएको थियो। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!