सिन्धुपाल्चोक बाढी पहिरो : दुई महिनामा ७४ को मृत्यु, ४१ बेपत्ता

- September 15, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक : निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।

आइतबार बाह्रबिसे नगरपालिका सातमा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ । १७ बेपत्ता अझै बेपत्ता छन । असार २४ गते बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा गएको पहिरोमा बेपत्ता १७ जनाको शव अझै फेला परेको छैन ।

 

साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका दुई जना अझै फेला परेका छैनन् । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्णरूपमा क्षति भएका छन् ।

 

यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् । दुई हजार भन्दा बढी परिवार स्थानान्तरण गर्नुपर्ने देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!