अख्तियार आयोगको प्रमुखकालागि यि पुर्वआईजीपी, डिआईजी नेताको शरणमा (भिडियो सहित)

- September 17, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । संवैधानिक निकायहरुमा सबैभन्दा आकर्षक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त हुन रस्साकस्सी चलेको छ । वर्तमान प्रमुख आयुक्त नविन घिमिरेको गत भदौ २८ गते पदबाट अबकाश पाएसंगै खाली रहेको सो पदकालागी अहिले विभिन्न व्यक्तीहरुको लविङ्नै चलेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नविन घिमिरेको उमेरहदका कारण सो पदबाट अबकाश पाएपछि अहिले सो पद हत्याउन पुर्वआईजीपी र पुर्जडिआईजीहरु शक्तीकेन्द्रमा धाउने क्रममा तीब्रता आएको छ । नयाँ प्रमुख आयुक्त नियुक्तिका लागि प्रमुख दलका शीर्ष नेताहरुबीच भागबण्डा हुने भएकाले अहिलो आफु निकट दलबाट लविङ सुरु गरेको पाइएको छ । प्रधानमन्त्री केपी ओलीले आफ्नो कोटाबाट पूर्वसचिव प्रेम राई र नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाललाई अघि सारेका छन् भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले नेपाल प्रहरीकै पूर्वडीआईजी केशरी घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीकै पूर्वडिआईजी जयबहादुर चन्दलाई अघि सारेका छन् । प्रधानमन्त्री ओलीका विश्वासपात्र राईलाई महिनौं अघिदेखि अख्तियारमा लैजाने चर्चा चलेपनि सत्तापक्षभित्रै सो पदका कारण फेरी विवाद सुरु भएको छ । सत्तापक्षभित्रै दुई अध्यक्षबाटै फरकफरक व्यक्तीको नाम आयुक्तकालागि छनोट गरेपछि सो पद अहिले रिक्त हुन पुगेको हो ।

अख्तियारमा बसेर काम गरिसकेका र सुरक्षा संयन्त्रसहित अन्य क्षेत्रका सुचनाहरुमा राम्रो जानकार भएको भन्दै राईलाई अहिले नै प्रमुख आयुक्त बनाउने वातावरण समेत अहिले नहुने भएका छन् । ओलीका अर्का विश्वासपात्रको रुपमा चिनिएका पूर्वआईजीपी सर्वेन्द्र खनालको नाम अख्तियारको आयुक्तको रुपमा चर्चा चलेपनि उनीपनि आयुक्तकालागि लविङमै रहेका छन् । प्रहरी संगठनमा हुँदा फेक इन्काउन्टर गर्दै चर्चामा आएको भन्दै उनको आलोचना हुने गरेका खनाल अहिले अख्तियारको प्रमुखकालागि लविङमा लागेका छन् । पूर्वडीआईजी केशरी घिमिरे नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहालसँग समेत नाता जोडिएका व्यक्ति हुन ।

द्वन्द्व कालमा माओवादीलाई सहयोग गरेकाले दाहालले अख्तियारको आयुक्त बनाएर उक्त गुन तिर्न लागेको आरोप समेत लागेको छ । जनार्दन शर्मा गृहमन्त्री हुँदा दाहालको सिफारिसमा प्रदेश ३ को एआईजी रहेका घिमिरे थुप्रै प्रकरणमा मुछिएका व्यक्ती समेत हुन । नेपाली काँग्रेसका अध्यक्ष देउवाले प्रस्तुत गरेका जेबी चन्द नेपाल प्रहरीको आईजीपी पनि असफल व्यक्तिका रुपमा रहेका छन् । देउवा प्रधानमन्त्री रहेको बेला आईजीपी नियुक्ती भएका चन्दलाई सर्वोच्च अदालतले वरिष्ठता मिचेको भन्दै नियुक्ती बदर गरिदिएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो र प्रचण्डको तर्फबाट प्रहरी संगठनकै मान्छेहरु लैजान लागेकाले सकेसम्म देउवा पक्षलाई अर्को कुनै आकर्षक नियुक्ति रोज्नकालागि आग्रह गरिने तयारी समेत सत्तापक्षले गरेको छ । भागबण्डा विवादकै कारण अख्तियारसहित अन्य निकायहरुमा नियुक्ति हुन ढिलाई हुँदै आएको छ । अख्तियारको आयुक्त बन्न अन्य थुप्रै पूर्व प्रहरी अधिकृतदेखि पूर्वप्रशासकहरु दौडमा रहेपनि सो पदमा कस्ले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी रहेको छ । (भिडियो साभार : प्राइम टाइम्स टेलिभिजन)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!