यि एनजीओ/आईएनजीओले नेपाल भित्राएको सहयोगकहाँ गरे खर्च ? (भिडियो सहित)

- September 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । देशमा फैलिएको कोरोना भाइरस सक्रमण नियन्त्रणमा सहयोग गर्ने बहानामा विभिन्न गैरसरकारी संस्थाबाट नेपालमा रकम भित्राएका छन् । जुरु तबरबाट नेपालमा भित्राएको रकम कहाँ कुन प्रणालीमार्फत खर्च भयो भन्ने बारेमा भने अहिले सम्बन्धित गैरसरकारी संस्थाहरुभने सार्वजनिक गर्नमा आनाकानी गर्दै आएका छन् । नेपाललाई कोरोना भाइरस महामारी (कोभिड–१९ सँग जुझ्नका लागि विभिन्न दाताहरूले हालसम्म ५१ करोड ८३ लाख अमेरिकी डलर (६१ अर्ब १६ करोड रूपैयाँ) सहायता प्रदान गरेको तथ्याङक सार्वजनिक भएको छ । सरकारले विगत ६ महिनामा कोरोना नियन्त्रण, अनौपचारिक क्षेत्रका कामदार, विपन्न नागरिक आदिलाई राहतसहित विभिन्न शीर्षकमा १२ अर्ब रूपैयाँभन्दा बढी खर्च गरिसकेको जनाएपनि सो रकम कुन प्रणालीमार्फत भयो भन्ने बारे भने अझै सार्वजनिक हुन सकेको छैन । प्रदेश तथा स्थानीय निकायलाई ‘दोहोरो परेको’ भनिएको १ अर्ब ४९ करोड रूपैयाँसमेत जोड्दा सरकारले गरेको खर्च १३ अर्ब ३७ करोड रूपैयाँ गरेको जनाएको छ ।

दाताहरूले नेपाललाई महामारीसँग जुझ्न र त्यसले पारेका आर्थिक सामाजिक प्रभावलाई सम्बोधन गरी अर्थतन्त्र पुर्नबहाल गर्नका लागि ५५ करोड ३ लाख १७ हजार अमेरिकी डलर (करिब ६४ अर्ब ९३ करोड रूपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा हालसम्म ५१ करोड ८३ लाख अमेरिकी डलर (६१ अर्ब १६ करोड रूपैयाँ) प्रदान गरेको अर्थमन्त्रालयले जनाएको छ । सो रकम कहाँ कुन कुन माध्यामबाट खर्च कसलाई भयो भन्ने बारे भने मन्त्रालयले कुनै जानकारी दिन चाहेको छैन । अर्थमन्त्रालयको वैदेशिक सहायता समन्वयका अनुसार सबैभन्दा बढी एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकले सहयोग गरेको छ । एडीबीले २५ करोड अमेरिकी डलर (करिब २९ अर्ब ५० करोड रूपैयाँ) अर्थात ४८ दशमलव २ प्रतिशत र विश्व बैंक समूहले २१ करोड ९८ लाख डलर (करिब २५ अर्ब ९३ करोड रूपैयाँ अर्थात ४२ दशमलव ४ प्रतिशत रकम सहयोग गरेको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले २ करोड ५८ लाख ६० हजार डलर (करिब ३ अर्ब ५ करोड रूपैयाँ), युरोपेली युनियनले १ करोड ४ लाख ३० हजार डलर (करिब १ अर्ब २३ करोड रूपैयाँ) सहयोग दिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) संयुक्त राष्ट्र संघीय निकायहरू, स्वीस डेभलपेमेन्ट कोअपरेसन (एसडीसी) लगायतका दाताहरूले सहयोग प्रदान गरेको उल्लेख छ । कोभिड १९ सँग जोडिएर आएको अधिकांस बजेट सरकारको बजेटरी कार्यक्रमभन्दा बाहिर (अफ बजेट) बाट आएको र त्यसको ठूलो हिस्सा अनुदान र प्राविधिक सहयोगकालागिमात्र खर्च गरेको उल्लेख छ ।

नेपालमा कार्यरत वा यहाँ कार्यथलो बनाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकालागि सहयोग भित्राउने अर्को माध्यम बनेको छ । हालसम्म आईएनजीओहरूले २ करोड ५८ लाख ६० हजार ५९६ अमेरिकी डलर (करिब ३ अर्ब ५ करोड १५ लाख रूपैयाँ) ल्याएर खर्च गरिसकेको छ । नेपालमा सहयोग ल्याउनेमध्ये अधिकाशं संस्थाहरु क्रिश्चियन धर्मसँग जोडिएका आईएनजीओहरू रहेका छन् । नेपालमा कोरोना भाइरसलाई देखाउदै सहयोग भित्राउने संस्थाहरुमा सेवा नेपाल आईकेयर, फिन चर्च एड फाउन्डेसन, सीबीएम नेपाल कन्ट्री अफिस, मिसन इस्ट, टीयर फन्ड, सेभ द चिल्ड्रेन, हेल्पिङ ह्यान्ड, वाटर एड, वल्र्ड भिजन इन्टरनेशनल, एक्सन कन्ट्रेला फेइम, केयर नेपाल, गुड नाइबर्स इन्टरनेशनल नेपाल, वन वल्र्ड वनलस, माउन्टेन चाईल्ड, अम्ब्रेला फाउन्डेसन, वन हर्ट वल्र्ड (वाइड नेपाल), टेरे दे होम्स लुजान, मेडिसिन डु मोन्द, गुड सेफर्ड इन्टरनेसनल फाउन्डेसन, फार्म एड, किडिसा, युनाइटेड मिसन्स टु नेपाल, चीनका दाता नखुलेको (इन्डिभ्युजल डोनर), इन्टरनेशनल नेपाल फेलोसिप, आड्रा नेपाल, क्याथोलिक रिलिफ सर्भिस नामका संस्थाहरु अग्रपक्तिमा रहेका छन् । (भिडियो साभार ःप्राइम टाइम्स टेलिभिजन)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!