धर्मको नाममा कुम्ल्याउनेलाई एमालेको आड, यस्ता छन् रणमुक्तेश्वरमा लुट्नेहरु

- June 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पवित्र शर्मा,
काठमाडौ । काठमाडौको प्रमुख व्यापारिक केन्द्र मानिने न्यूरोडमा रहेको रणमुक्तेश्वर मन्दिर र त्यस वरपरको गुठी जग्गालाई व्यक्तिगत रुपमा कमाई खाने भाँडोको रुपमा प्रयोग गरी अनियमितता गर्नेहरुको रजाईं दिनानुदिन सार्वजनिक हुन थालेको छ ।

सरकारी गुठी जग्गामा एमालेको संरक्षण भन्दै अनिमितता मौलाएकोमा स्थानीयको गुनासो बढेपछि तीव्रखबरले यस बारेमा समाचार सम्प्रेषण गरेको थियो । तीव्रखबरले समाचार सम्प्रषण गरेपछि उक्त मन्दिर परिषरमा अनियमितता गर्नेहरुबीच मतभेद समेत चुलिएको थियो भने एकले अर्काबाट नै समाचार बाहिरिने क्रम बढेको हो ।

उक्त मन्दिर परिषरको जग्गामा एमाले पार्टीको आड भन्दै अनियमितता गर्ने प्रमुख पात्र हुन् चिनीकाजी महर्जन । २०६५ सालमा रणमुक्तेश्वर मन्दिरको संरक्षण गर्ने भन्दै सामान्य रुपमा दर्ता प्रकृया समेत पुरा नगरी स्थापना गरिएको रणमुक्तेश्वर जिर्ण उद्धार समिति बनाउनु पहिले उनी चीनबाट सामान अवैध रुपमा तस्करी गर्र्नेे काम गर्थे ।chinikaji उक्त समितिको गठन पछि मन्दिर परिषरमा रहेको जग्गामा अवस्थित पसल कवलहरु पनि त्यही समिति मातहतमा ल्याईयो । जब उक्त समितिले पसल कवलहरुको भाडा समेत उठाउन थाल्यो अनि उनले गर्दै आएको तस्करी धन्दा समेत छोडी मन्दिरलाई नै कमाउ धन्दाको रुपमा प्रयोग गर्न थाले । हाल उनी भुगोल पार्क संरक्षण समिति देखि एमालेको ९ नं. क्षेत्र सचिव छन् भने उनले अरु कुनै व्यवसाय नगरी मन्दिर परिषरकै आडमा बिलासिताको जिन्दगी जिउने गरेका छन् । उनको दैनिकीको खर्च कहाँबाट आउँछ त ? टोलबासीको प्रश्न छ ।

rajendraman shresthaएमाले पार्टीको आशिर्वाद आफुलाई भएकोले कसैले छुन नसक्ने भन्दै अनियमितता गरिरहेका चिनीकाजीलाई साथ दिने अर्का पात्र हुन् राजेन्द्रमान श्रेष्ठ । हाल उक्त अवैध समितिको अध्यक्ष श्रेष्ठ छन् । उनीहरु बिचमा उक्त परिषरको विषयमा हाल तीव्र बिवाद हुँदा तै चुप मै चुपको अवस्था छ ।

उनीहरुको यस्तो अवैध क्रियाकलापमा साँक्षी बनेर साथ दिने अर्का पात्र हुन् स्थानीय व्यापारी तथा एमालेकै २२ नं. वडाध्याक्ष सुरेस खड्गी । राजनितीलाई अवैध क्रियाकलाप छल्ने शक्तिको रुपमा प्रयोग गरेका खड्गी उक्त समितिको सचिव छन् ।

suresh khadgiरणमुक्तेश्वर मन्दिर जिर्ण उद्धार समिति गठन भए यता उक्त संस्थाले अवैध तरिकाले पसल कवलहरुबाट असुलेको रकम मात्र हिसाब गर्ने हो भने पनि ३ करोड भन्दा बढी देखिन आउँछ । उनीहरुले स्थानीयबासी, स्थानीय क्लव र स्थानीय व्यापारीहरुबाट पनि लाखौं रुपैयाँ सहयोग उठाएका छन् । यसरी हेर्दा समितिको नाममा नगन्य मात्रामा रकम जम्मा भएको छ । तर अचम्मको कुरा त के छ भने उनीहरुले जम्मा गरेको रकमको कुनै बैंकमा कोष स्थापना गरिएको छैन । बरु जतिबेला जे भनेर जे शिर्षकमा रकम निकाल्न सकिन्छ त्यस्तै तरिकाले संकटा बहुउद्धेश्यीय सहकारी संस्थामा खाता खोलिएको छ ।

समितिले संकटामा खाता खोलेर सबै रकम जम्मा गरेको बताए पनि उक्त सहकारीमा जम्मा ४५ लाख रकम मात्र रहेको बुझिएको छ । यस बारेमा आरोपित चिनकाजीसँग तीव्रखबरले प्रतिकृया लिदा अन्कनाउँदै बोलेका उनी स्वयंले उक्त कुरा स्विकार गरेका छन् । भूगोलपार्क निर्माणमा भएको अनियमितता देखि यस सम्बन्धी थप समाचार तीव्रखबरले समाप्रमाण संम्प्रेशित गर्ने तयारी गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!